Skip to main content

Bhajani Today

स्कूल बसको ठक्कर बाट एक युवक सहित १८ बाख्रा मरे

 

बाँके ।।  बाँकेमा एउटा स्कुल बसले ठक्कर दिँदा एकजना युवक सहित उनले चराइरहेका १८ वटा खसी-बाख्रा पनि मरेका छन् ।

कोहलपुरबाट ढकेरीतर्फ जाँदै गरेको ना ४ ख ४५ ७० नम्बरको स्कुल बसले बिहीबार अपरान्ह ५ बजे ढकेरी पुलमा ब्राख्रा र गोठालो गएका पुरुषलाई ठक्कर दिएको थियो ।

ज्ञान कुञ्ज स्कुल कोहलपुरको बसले ठक्कर दिँदा बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का २६ वर्षीय गोविन्द वलीको घटनास्थलमै मृत्यु भएको हो । बसले हान्दा अन्य बाख्रा पनि घाइते भएका छन् ।

घटनापछि स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरूद्ध गरेका छन्। पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएपछि वैकल्पिक मार्गबाट सवारी पास गराइएको प्रहरीले जनाएको छ। अहिले मालिक र बाख्राका शव सडकमै राखेर प्रदर्शन भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *