Skip to main content

Bhajani Today

विद्यार्थीलाई स्वदेशमै श्रम र सिप खर्च गर्न प्रदेश प्रमुखको आग्रह

दिपक बहादुर विश्वकर्मा, धनगढी – प्रदेश प्रमुख ज्यूले उच्च शिक्षा अध्ययन गरेपछि विदेश पलायन हुने प्रवृत्तिभन्दा आफ्नै मुलुकमा श्रम र सिप खर्च गर्न विद्यार्थीहरूलाई सुदुर पश्चिम प्रदेश प्रमुख नजिर मिम्हयाले आग्रह गर्नुभएको छ। धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) द्वारा आयोजित कार्यक्रममा प्रदेश प्रमुख मियाँले दक्ष जनशक्ति देशमै अवसर खोज्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा क्याम्पस सञ्चालन समिति अध्यक्ष तथा धनगढीका निवर्तमान मेयर नृप वड, एमाले प्रदेश सचिव रणबहादुर चन्द, एमाले कैलाली अध्यक्ष एवं कैलाली बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति यज्ञराज ढुङ्गाना, ऐश्वर्य बहुमुखी क्याम्पस प्रमुख धर्मदेव भट्ट, सह-प्राचार्य सञ्जन पन्त, अनेरास्ववियु सुदूरपश्चिम अध्यक्ष मनोजराज राई, नेपाल विद्यार्थी संघ कैलाली सभापति मनिस कुवरलगायतले आजको आवश्यकता र शिक्षाको महत्त्वबारे चर्चा गर्नुभएको थियो।

कार्यक्रममा ऐश्वर्य बहुमुखी क्याम्पस स्ववियु उपसभापति कमल न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने स्ववियु सभापति कुबेर खड्काले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो। उहाँले ऐश्वर्य बहुमुखी क्याम्पस देशकै उत्कृष्ट सामुदायिक क्याम्पसमध्ये एक भएको उल्लेख गर्दै मुलुकभरकै स्ववियुमध्ये ऐश्वर्यकै स्ववियु सृजनशील र उत्कृष्ट रहेको दाबी गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *