Skip to main content

Bhajani Today

जनयुद्ध दिवसको अवसरमा २५जनाले गरे रक्तदान

भजनी । नेकपा माओवादी केन्द्र भजनी नगर समितिले जनयुद्ध दिवसको अवसरमा रक्तदान गरिएको थियो।३०औं जनयुद्ध दिवसको अवसरमा आज भजनीको शाहित प्रतिष्ठान कार्यालयमा रक्तदान गरी जनयुद्ध दिवस मनाएको हो ।सो अवसरमा २५ जनाले रक्तदान गरेको नेकपा माओवादी केन्द्रका भजनी नगर समितिका सचिव गोपीलाल चौधरीले भजनी टुडेलाई जानकारी दिए ।

पूर्व कृषि तथा सहकारी मन्त्री तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य बिनिता चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी का सदस्य तथा समाजसेवी बुद्धिजिवी एबम विकास प्रेमी सदस्य संरक्षणकर्मी लगायतको उपस्थिति रहेको थियो ।नगर समिति कार्यबाहक अध्यक्ष नृप बहादुर साउदको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन राजु पुनमगरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *