साझा अक्षर

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न

के.आर.पाण्डेय /भजनी नगरपालिका अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । “स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सम्पन्न भएको खेलकुद प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न ५४ विद्यालयले सहभागिता जनाएका थिए । एक कार्यक्रमका बिच राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको आयोजकले जानकारी दिएको हो। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा २२ माघ मंगलबार भजनी नगरपालिका-१ महुन्याल माविको प्राङ्गणमा सुरु भएको थियो।माघ २२ देखि२८ गते सम्म संचालन हुने प्रतियोगितामा भजनी नगरपालिका क्षेत्रमा रहेका ५४ वटा विद्यालयका भाइबहिनी खेलाडीहरूले विभिन्न खेलमा प्रतिस्पर्धा गरिरहेको  कार्यक्रम संयोजक शिक्षा शाखा अधिकृत पंख बहादुर शाहले जानकारी दिए।खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै नगर प्रमुख केवल चौधरीले भजनीमा खेल निरन्तर अगाडि बढाउने बताए । चौधरीले पालिकाको खेलकुद क्षेत्रको विकासमा आफ्नो सदैव साथ र सहयोग रहने बताउँदै भोलिका दिनमा भजनीमा खेल क्षेत्रको उल्लेख्य विकास हुने र यहाँबाट राष्ट्रिय स्तरका खेलाडी तयार हुनेमा आफू प्रतिबद्ध रहने बताउनुभयो। साथै प्रतियोगिताको समापन गर्दै  चौधरीलेले खेलकुद क्षेत्रको विकास र खेलाडीको क्षमता बढाउन पालिकाले स्रोत र साधन जुटाउन सक्दो सहयोग गर्ने र जित हासिल गर्ने विद्यालय र विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै खेलमा कसैको हार नभई जित हो अर्को आउने वर्ष जितेर देखाउन हौसला प्रदान गरिने बताउनु भयो।विभिन्न खेलकुद प्रतियोगितामा (कक्षा १देखि १२सम्म )महुन्याल माध्यमिक विद्यालय भजनी शिल्ड लिन सफल भएको छ। महुन्यालले १४ स्वर्ण पदक प्राप्त गरेको छ ।त्यसैगरी कक्षा१ देखि ८सम्म शिव आधारभूत विद्यालय भजनी – छ्छरहवा प्रथम बन्न पुगेको छ। त्यसैगरी कक्षा १देखि ५ सम्म ए टीयस एकाडेमी भजनी प्रथम स्थान हासिल गरेको छ। कार्यक्रममा निजी बिद्यालयका खडक बहादुर बुढा, सामुदायिक विद्यालयका प्रधानाध्यापक विद्या प्रसाद भट्ट, विद्यालय व्यवस्थापक समितिका अध्यक्ष कुम्भ कडायत र शिक्षा समिति सदस्य पदम बहादुर शाही लगाएतले शुभकामना मन्तव्य राखेका थिए।कार्यक्रम संयोजक शिक्षा शाखा अधिकृत पंख बहादुर शाह रहनु भएको थियो।ले साथै मार्चपास तर्फ आधारभूत विद्यालय कक्षा १ देखि ५ सम्मको प्रथम स्थान हासिल गर्न सफल ज्ञानोदय आ वि पहलवान ,दोस्रो स्थान हासिल गर्न सफल महादेउली एकेडेमि र तेस्रो स्थान हासिल गर्न सफल ए टियस रहेको छ।त्यसैगरी आधारभूत विद्यालय तर्फ कक्षा ६ देखि ८ सम्मको प्रथम स्थान हासिल गर्न सफल त्रिपुरासुन्दरी आ वि कृष्णनगर, दोस्रो स्थान हासिल गर्न सफल केदारेश्वर आ वि चकुलिया र तेस्रो स्थान हासिल गर्न सफल मल्टिपल बिद्या मन्दिर, इभरगृन इ बो रहेको छ। र त्यसैगरी मावि तर्फ कक्षा ९देखि १२ सम्मको प्रथम स्थान हासिल गर्न सफल महुन्याल मा वि भजनी ,दोस्रो स्थान हासिल गर्न सफल कर्मेश्वर मा बि कुटि र तेस्रो स्थान हासिल गर्न सफल कल्पबृक्ष इ बो रहेको छ।साथै मैत्रीपूर्ण भलिबल प्रतियोगितामा नेपाल प्रहरी,नगर कमर्चारी र सस्थागत बिद्यालयका प्र अ र शिक्षक बिच खेल भएको थियो र  प्रथम पुरस्कार शिक्षकले रु १२हजार सो  टिमका क्याप्टेन पदम बहादुर शाहिलाई बीच प्रदान गरिएको थियो।कार्यक्रमको स्वागत् मन्तव्य शिक्षा शाखा प्रमुख सुर्य बहादुर सिंह गर्नु भएको कार्यक्रमका नगर प्रमुख केवल चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका सञ्चालक महुन्याल मा बिद्यालयका शिक्षक डम्बर मिश्र र डम्बर दत्त जैशीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *