Skip to main content

Bhajani Today

पहिरोका कारण हुन सक्ने ठूलो दुर्घटनाबाट बस जोगियो।

काठमाडौं। साउन ४।।आज शुक्रबार बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बगडगाउँ स्थित सडकमा खसेको पहिरोका कारण हुन सक्ने ठूलो दुर्घटनाबाट बस जोगिएको छ ।

उक्त बस संघीय राजधानी काठमाडौंतर्फ गइरहेको समय अचानक खसेको पहिरोबाट हुनसक्ने ठूलो दुर्घटनाबाट जोगिएको हो। यात्राका क्रममा जयपृथ्वी राजमार्गअन्तर्गत बगडगाउँस्थित सडकमा माथिबाट खसेको पहिरो बसमै परेको थियो ।

बाटोमा लामबद्ध भएर सवारी साधन गुडिरहेका बेला सबैभन्दा पछाडि रहेको बसमा अचानक माथिबाट ठूलो पहिरो खसे पनि पल्टाउन भने सकेन ।

पहिरोले बसको पछाडीको भागलाई छोएर भिरतर्फ धकेले पनी ठूलो आकारको बस भएकाले दुर्घटना हुन पाएन।

अघिल्लो शुक्रबार बिहान ३ बजे चितवनको भरतपुर महागनरपालिका-२९ स्थित सिमलतालमा यस्तै पहिरोले दुईवटा बस सोहोरेर त्रिशूलीमा हालेको थियो । ती दुवै बस अहिलेसम्म फेला परेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *