साझा अक्षर

सिमलताल पहिरो:-२० जनाको शव फेला, ४२ जनाको अवस्था अझै अज्ञात

साउन ४।। झापा। ।चितवनको सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका ६२ मध्ये बिहीबारसम्म १८ पुरुष र दुई महिलासहित २० जनाको शव फेला परेको छ । ४२ जनाको अवस्था अझै अज्ञात रहेको चितवन प्रशासनले जनाएको छ । भेटिएको शवमध्ये ६ जनाको सनाखत हुन बाँकी छ । सनाखत भएका १४ मध्ये चारजना भारतीय नागरिक भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । त्रिशूलीमा खसेको बस अझै पत्ता लाग्न सकेको छैन ।

सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता र बसको खोजीका लागि सशस्त्र प्रहरी, नेपाली सेना, प्रहरी, गोताखोरका साथै आधुनिक किसिमको वाटरड्रोन (सोनार), आकाशबाट पनि ड्रोन क्यामेरा, र्‍याफ्टिङ बोट, मोटर बोट, बस भेट्नका लागि ठूलो चुम्बक र फलामको हुक (एंकर)को प्रयोग गरिएको छ । किनारको वारिपारि मोटरबोट र दूरबिनको प्रयोगमार्फत पनि खोजी भएको छ ।

बेपत्ताको शव सीमाछेउछाउमा पनि फेला पर्न थालेपछि चितवन प्रशासनले भारतको चम्पारण जिल्लाका डिएमसँग खोज तथा उद्धार कार्यमा समन्वय गरेको छ ।यो खबर आजको नयाँ पत्रिकाबाट साभार गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *