काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरू ठगीमा परेका छन् । उनीहरूले रु ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए । त्यसपछि उनीहरू प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो । कार्यालयका अनुसार इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्क पर्मिट भिसा पाइने भनी नक्कली विज्ञापनमा फस्दा पीडितहरू ठुलो रकम गुमाउन पुगेका हुन् । अनुसन्धानमा उक्त विज्ञापनपछि सम्पर्कमा पुगेका पीडितलाई क्यानडामा क्यासियरको काम लगाइदिने र त्यसबापत रु पाँच लाख ४५ हजार तलब हुने लोभ देखाएर रकम ठगी गरेको पाइएको हो । “क्यानडा…

दाङ । पिठ्युँमा झोला, एक हातमा लट्ठी। तर हिँडाइमा भने रफ्तार हुन्छ– दाङ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको। उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन। अहिले तिनै डाँगी दैनिक विद्यालय जान्छन्। कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगीको दैनिकी हिजोआज विद्यालयका बालबालिकासँग बित्न थालेको छ। उनले पनातिसमेत देखिसकेका छन्। तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग यति बेला डाँगी कक्षा १ मा पढिरहेका भेटिन्छन् । चालु शैक्षिक सत्रदेखि उनले कक्षा १ को पढाइ सुरु गरेका हुन्। सोही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उनले पढ्न विद्यालय छ। डाँगी पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्छन्। ‘सानोमा पढ्न पाइनँ, गाउँमा…

काठमाडौँ । विदेशमा अध्ययनका लागि नेपाली विद्यार्थीले एक वर्षमा १ खर्ब रुपैयाँ बाहिर लगेका छन्। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८०को तथ्याङ्कमा अघिल्लो वर्षको तुलनामा ३२ अर्ब ३० करोड रुपैयाँले बढी रकम विदेश लगेको उल्लेख छ । शिक्षातर्फ व्यय १ खर्ब ४२ करोड भएको छ भने अघिल्लो वर्ष ६७ अर्ब ७० करोड रहेको थियो। समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ४८.४ प्रतिशतले वृद्धि भई एक खर्ब ४४ अर्ब ४६ करोड पुगेको छ जबकि अघिल्लो वर्ष ९७ अर्ब ३२ करोड रहेको छ। वस्तुसँगै आर्थिक वर्ष २०७९/८० मा खुद सेवा आय ८३ अर्ब ८५ करोडले घाटामा रहेको छ। नेपालमा पर्यटक…

काठमाडौं । एसिया कपमा नेपाल विश्व क्रिकेटको महारथी भारतविरुद्ध शानदार प्रदर्शन गरेको छ । भारतसँग हार भए पनि नेपाली टोलीले राम्रो प्रदर्शन गरेको भन्दै प्रशंसा पाएको छ । श्रीलंकाको पल्लेकेले स्टेडियममा भएको खेलका क्रममा नेपाली ब्याटरहरुले भारतविरुद्ध गरेको प्रदर्शन सम्झनलायक रह्यो। भारतसँग डिएलएस मेथडमा १० विकेटको अन्तरले पराजित भएसँगै नेपाल एसिया कपको समूह चरणबाटै बाहिरिएको छ। एसिया कपमा समूह ए बाट पाकिस्तान र भारत सुपर फोरमा पुगेका छन्। नेपालले क्रिकेट इतिहासमा पहिलो पटक ओडिआइ वरियताका शीर्ष तथा विश्व क्रिकेटका शक्तीशाली टोली भारत र पाकिस्तानसँग खेल्ने मौका पाएको हो। पहिलो खेलमा पाकिस्तानसँग १०४ रनमा अलआउट भएको नेपालले भारतसँगको खेलमा प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेको थियो। भारतसँग हार…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन विक्रम सिंहले अहिले देशको राजनीतिमा तीन वटा खतरा भएको बताउनुभयो । २०८० भदौ १६ गते शनिवार “यो हो टेलिभिजन” मा पत्रकार जीवराम भण्डारीसँग कुरा गर्दै वहाँले सो धारणा राख्नुभएको हो । महामन्त्री सिंहले भन्नुभयो, 'पहिलो खतरा, प्रतिगमनको खतरा हो । त्यो राजतन्त्रको खतरा हो ।' टेलिभिजन पत्रकारसँग कुरा गर्दै वहाँले बताउनुभयो, 'नेपाली जनताले लामो समय सङ्घर्ष गरेर नेपालमा राणा शासन खतम पारे । निरङ्कुश पञ्चायती शासन खतम पारे । राजतन्त्र खतम पारे । तर प्रत्येक देशको इतिहासमा हामी यो पाउँछौँ , एक पल्ट सत्ताच्यूत भएपछि प्रतिक्रियावादी शक्तिहरू फेरि सत्तामा आउने प्रयास गरिराखेका हुन्छन् । त्यो प्रयत्न नेपालमा…

काठमाडौँ । नेपालले एक सय ८० मेगावाट बिजुली निर्यात गर्न भारतको विद्युत् मन्त्रालयबाट स्वीकृति पाएको छ । नेपालले यसअघि चार सय ५२ मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको थियो । थप चार वटा आयोजनाको बिजुली भारतले किन्ने भएपछि अब कूल छ सय ३२ मेगावाट विद्युत् नेपालले बेच्नेछ । नेपालले अहिले महेन्द्रनगर–गड्डाचौकी प्रसारण लाइनबाट ७० मेगावाट र ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट एक सय १० मेगावाट गरी एक सय ८० मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । भारतले यो बिजुली हरियाणा राज्यका लागि लैजान लागेको हो । माथिल्लो चमेलिया र माथिल्लो कालंगागाड जलविद्युत् आयोजनाको…

–दीपेन्द्रसिंह थापा उत्सुकताको आभास मात्र पनि आफैँमा रमाइलो कुरा । नपुगेको, नघुमेको ठाउँमा हुने कार्यक्रमको निम्तो कसलाई पो विशेष नलाग्ला र ? छुट्टै आकर्षणले रङ्गिइदिन्छ मन । यस्ता अवसरलाई सकेसम्म नगुमाउन पाए हुन्थ्यो लाग्छ मलाई पनि । साहित्य परिषद् प्युठानको निमन्त्रणा यस कारण विशेष थियो मेरा लागि । हत्तपत्त जाने निर्णय गरिहालेँ । बडादसैँको पूर्व सन्ध्या । काठमाडौँबाट रोल्पाका लागि हिँडेको रात्रि बसमा खचाखच थिए यात्रु । पर्वको रमझमले तानेको मन । कसको अनुहारमा झल्किएको थिएन र घर पुग्ने हतारो ? उनीहरूका संवाद र सुसाइ नै अर्कै । सबै सबै देखिन्थे आफ्नै आफ्नै आत्तुरीमा, आफ्नै आफ्नै उमङ्गमा । उज्याला अनुहारहरूले…

राजनीति र अर्थशास्त्रसरह नै दर्शनका क्षेत्रमा पनि मार्क्सको देन महान् छ। वास्तवमा यी तिनैवटा अंगको योग नै मार्क्सवाद हो। मार्क्सवादी दर्शन अथवा विश्व दृष्टिकोणलाई द्वन्द्वात्मक भौतिकवाद भन्छन्। मार्क्सवादी दर्शनको अध्ययन गर्नुभन्दा पहिले दर्शनको महत्व र आवश्यकताबारे थाहा पाउनु जरुरी हुन्छ। मानिस एउटा चेतनशील, सांसारिक प्राणी हो। मानिसको जीवनमा दुख–दुःखमा आफ्ना वरिपरिका देखिने र नदेखिने थुप्रै चीज र घटनाले प्रभाव पारेको हुन्छ। अतः ती सम्पूर्ण चीजको विषयमा चिन्तन गर्नु र सही बाटो पत्ता लगाउनु मानिसका निम्ति नभई नहुने कुरा हुन्। उदाहरणका निम्ति सुख के हो, संसारभरिका मानिस कसरी सुखी हुन सक्छन् ? यो हरेक मानिसका मनमा सधैंभरि आइरहने प्रश्न हो। तर…

काठमाडौँ । नाना अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाना) ले आयोजना गर्ने नाना अटो शो २०२३ को तयारी पूरा भएको छ । नाडाले आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै अटोशोको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । नाडाले यही भदौ २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा १५ औँ अटोशो आयोजना गर्दै छ । नाना अध्यक्ष डा ध्रुवबहादुर थापाले अटोशोमा साना तथा ठूला गरी एक सय २० स्टल तथा ब्लक रहने जानकारी दिए । उनका अनुसार शोमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जा, राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक कम्पनीको सहभागिता रहेको छ । प्रदर्शनीमा १६ वटा ब्रान्डका चार पाङग्रे, २२ वटा…

काठमाडौँ । लम्पिस्किन रोगको महामारीका कारण हालसम्म ५२ हजार ४४८ पशु वस्तुको मृत्यु भएको छ । नेपालमा गाई भैँसीमा फैलिएको लम्पी स्किन रोगको महामारीका कारण सवा एक खर्ब रुपैयाँभन्दा बढीको क्षति हुने एउटा सरकारी निकायले अनुमान गरेको छ। २०८० भदौ ७ गते बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसालले विगत पाँच महिनामा लम्पिस्किन रोगबाट १४ लाख ४६ हजार ४५९ पशु बिरामी परेका बताएका हुन् । त्यसमध्ये १२ लाख ८८ हजार ७५९ निको भएका र ५२ हजार ४४८ पशुको मृत्यु भएको जानकारी गराए । हाल एक लाख पाँच हजार २५३ पशु बिरामी अवस्थामा रहेका उनले उल्लेख गरे…

चिरञ्जीवी ज्ञवाली एमसीसी भनेको अमेरिकाले नेपालको विकासमा हातेमालो गर्दै अघि बढ्ने गुरु योजना सारेको देखिन्छ तर दिन लागेको सहयोग राशिबाट नेपालमा विकास नभई भ्रष्टाचार गरेमा नेपालीले ठुलो दुःखको सामना गर्नुपर्ने हुन सक्छ । अहिले नेपालीको टाउकोमा ऋणले भारी बोकेको अवस्था देखिन्छ । एमसीसीका नाममा नेपाललाई करिब ५६ अर्ब रुपैयाँ (५० करोड अमेरिकी डलर) सहयोग उपलब्ध गराउन लागेको देखिएको छ । यो रकमलाई विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिमा लगाएर नेपाललाई समृद्धतर्फ धकेल्न सकिने प्रशस्त सम्भावना छ । तर यसो नभई बाडीचुडी खाने खतरा नेपालमा देखिन्छ । एमसीसीको ५० करोड डलर अनुदान र सरकारको सम कारक कोषको १३ करोड डलर गरी…

काठमाडौँ । अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना कार्यान्वयन (इन्ट्री इन्टु फोर्स –ईआईएफ) मा प्रवेश गरेसँगै देश आन्दोलित भएको छ । अर्थमन्त्री प्रकाश शरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्डले ईआईएफ आदानप्रदान गरेपश्चात् परियोजना कार्यान्वयन सुरु भएको हो । कार्यान्वयन सम्झौताका लागि एमसीसीको सम्झौता कार्य सञ्चालन हेर्ने उपाध्यक्ष क्यामरुन एलफोर्ड मङ्गलवार नेपाल आइपुगेका छन् । कार्यान्वयनमा प्रवेश गरेको पाँच वर्षभित्र परियोजना सक्नुपर्ने हुन्छ । यस हिसाबमा यो परियोजना ०८५ सालको भदौ १२ (२९ अगस्ट ०२८) भित्र सम्पन्न गरिसक्नुपर्ने छ ।एमसिसी सम्झौता गलत भएको भन्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एम.सी.सी. जस्तो सम्झौतालाई ध्वनि मतले पारित गर्नु गलत भएको बताउनुभएको छ ।…

–मोहनविक्रम सिंह –मोहनविक्रम सिंह विचार र साहित्य अन्तर्सबन्धित विषय हुन् । साहित्यको शक्ति कति छ भन्ने कुरा उक्त साहित्यको विचारबाट थाहा हुन्छ । साहित्यमा आउने विचारले समाजको संस्कृति निर्माण गर्दछ । संस्कृतिमा समाज अग्रगमनकारी हो प्रतिगमनकारी ? त्यसको उत्तर प्राप्त गर्न सकिन्छ । विचारको विषयमा ठुला ठुला बहस हुने गर्दछन् । विचारमा सामाजिक विकासका उद्देश्य, लक्ष्य र मानव आकाङ्क्षा अन्तर्निहित हुन्छन् । त्यसरी विचार राजनीतिक र सामाजिक विषयको केन्द्र मात्र नभएर सांस्कृतिक विषयको पनि केन्द्र हुन्छ । विचारलाई केन्द्रमा राखेर नै कुनै पनि साहित्यको जन्म भएको हुन्छ । विचार मुख्यतः दुई प्रकारका हुन्छन्, क्रान्तिकारी विचार र यथास्थितिवादी विचार । अन्तमा…

– समीर सिंह पृष्ठभूमि धर्मबाट संविधान प्रभावित हुने कि नहुने ? धर्म, आस्था र विश्वासको कुरा हो कि राजनीति गर्ने साधन ? राज्य, कुनै एउटा धर्मको समर्थनमा उभिने या तटस्थ बस्ने ? यस्ता थुप्रै अन्तर्विरोधपूर्ण प्रश्नहरूका आधारमा अहिले विश्व, ध्रुवीकरण हुँदै गइरहेको अवस्था छ । यस प्रकारको ध्रुवीकरणको प्रक्रियामा एकातर्फ धर्म निरपेक्षता तथा अर्कोतर्फ धर्म सापेक्षताले आ–आफ्नै प्रकारले भूमिका निर्वाह गरिरहेका अवस्था छ । धर्म निरपेक्षताले संविधान, धर्मभन्दा माथि हुने मान्यता राख्दछ । धर्मको नाममा राजनीति गर्न नहुने तथा राज्य, कुनै धर्मको पक्षमा उभिन नहुने तर्क गर्दछ । अर्कोतर्फ धर्म सापेक्षताले त्यसको विपरीत धारणा राख्दछ । धर्म सापेक्षताको सिद्धान्तको आधारमा…

२९ असार, काठमाडौं । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा ‘एड्सको नियनत्रण’ अझै सम्भव रहेको बताएको छ तर विश्व नेताहरूले अवसरको सदुपयोग गरेमात्र विश्वको सबैभन्दा घातक महामारी रोक्न सकिने चेतावनी दिएका छन् । ‘एड्सलाई सार्वजनिक स्वास्थ्य खतराको रूपमा अन्त्य गर्न सकिन्छ किनकी यसले लगानी, प्रमाणमा आधारित रोकथाम र उपचारको रोडम्याप, नागरिक समाजलाई सशक्तीकरण र असमानताहरूको सामना गर्न प्रगतिलाई रोक्छ,’ एचआईभी एड्ससम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यक्रम (यूएनएड्स)ले भनेको छ । युएनएड्सले महामारीको अन्त्य राजनीतिक र आर्थिक विकल्प भएको बताएको छ । एजेन्सीका कार्यकारी निर्देशक विनी ब्यानिमाले भने, ‘हामी एड्सको अन्त्य गर्ने बाटोमा अझै पुगेका छैनौं, तर हामी त्यो प्रयासमा सफल हुन सक्छौँ ।’…